जिफन्ट महाधिवेशन : अध्यक्षमा श्रेष्ठ नै दोहोरिने

काठमाडौं । नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशनको दोस्रो दिन आइतबार विभिन्न देशबाट आएका मजदुर संगठनका नेताहरुले शुभकामना मन्तव्य राखेका छन् ।

उनीहरुको मन्तव्य सकिएसँगै महासंघका तर्फबाट विभिन्न प्रतिवेदनहरू पेश गर्ने क्रम जारी रहेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जितेन्द्र श्रेष्ठले जानकारी दिए । ‘आइतबार नीतिगत प्रतिवेदन सांगठनिक र आर्थिक प्रतिवेदन पेश हुन्छन । नीतिगत दस्तावेज उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सांगठनिक दस्तावेज महासचिव जनक चौधरी र आर्थिक प्रतिवेदन उपाध्यक्ष गुणराम आचार्यले पेश गर्दै हुनुहुन्छ’, प्रचार विभाग प्रमुख समेत रहेका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनहरूमाथि समुह विभाजन भएर छलफल हुनेछ । छलफलपछि नीतिगत (विधान संशोधन) दस्तावेज पास गर्दै नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ । जिफन्ट नेताहरुका अनुसार सहमतिका आधारमा अध्यक्षमा पुन बिनोद श्रेष्ठलाई नै दोहोर्याउने तयारी छ । महाधिवेशनमा देशभरिका ५ सय बढी प्रतिनिधि सहभागी छन् ।

कमेन्ट गर्नुहोस्