वाईसीएलको विशेष प्रदेश कमिटी पूर्ण बैठक शुरु, संगठन दोस्रो राष्ट्रिय भेलामा केन्द्रित हुने

काठमाडौं । योङ्ग कम्युनिष्ट लीग (वाईसीएल)नेपालको विशेष प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक काठमाडौंमा बसेको छ ।

संगठनका बिशेष प्रदेशका संयोजक ललित श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा  प्रमुख अतिथि संगठनका संयोजक सुमन देवकोटा, विशिष्ट अतिथि सह–संयोजक सुबोध सेर्पाली, वाईसीएल नेपाल सुदुर पश्चिम इन्चार्ज तथा बझाङ जिल्ला दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापा “तुफान” अन्य अतिथीहरु दोस्रो राष्ट्रिय भेला आर्थिक उपसमिति प्रमुख ज्ञानेन्द्र बहादुर गुरुङ, प्रचारप्रसार उपसमिति प्रमुख गणेश शाही, विशेष प्रदेश इन्चार्ज ज्ञानबहादुर ढुंगाना, लुम्बिनी प्रदेश इन्चार्ज केहरसिंह कुवर, श्रम बिभाग प्रमुख, उमेश घोरासैनी, आर्थिक बिभाग प्रमुख नवराज ऐर लगायतको उपस्थिति रहेको छ ।

 

बैठकमा विभिन्न कामको सिलसिलामा संघीय राजधानीमा आएर बस्ने युवाहरूलाई संगठित गर्ने,प्रदेश कमिटीको विभागीय कामकाज व्यस्थित गर्ने र आगामी भाद्र ३ र ४ गते काठमाण्डौमा सम्पन्न हुने “दोस्रो राष्ट्रिय भेला” भव्य बनाउन मातहत तहगत कमिटीका संगठनात्मक कामहरू गर्ने गरि केन्द्रित हुने सह–संयोजक सुबोध सेर्पाली जानकारी दिए ।

बैठकमा संयोजक सुमन देवकोटाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको केन्द्रिय समिति बैठकले युवा संगठनलाई दिएको निर्देशनको बारेमा प्रशिक्षित गर्नेछन् ।

 

कमेन्ट गर्नुहोस्