भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा ३ को मृत्यु

काठमाडौं । भक्तपुरमा आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सनाखत हुनेमा ब्यासीका २५ वर्षीय विशेष खर्बुजा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भक्तपुरको दूधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र स्कुटरलाई रुख ढलेर किच्दा यात्रारत १५ जना घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई भक्तपुर अस्पताल, डा.इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्