कोदो गोडिरहेको बेला चट्याङ लागेर १२ जना घाइते

दैलेखमा खेतमा काम गरिरहेकाे बेला चट्याङ लागेर १२ जना घाइते भएका छन् । आइतबार दिउँसो आएको वर्षासहितको चट्याङले डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोटमा १२ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहका अनुसार कोदो गोड्ने क्रममा आएको वर्षासहितको चट्याङ लागेको थियो । ‘चट्याङले कसैको हात जलेको छ । कसैको आँखामा चोट लागेको छ,’उनले भने,‘ घाइतेहरूलाई जिल्ला अस्पताल दैलेखमा ल्याउने तयारी भइरहेको छ।’

कमेन्ट गर्नुहोस्