तिब्बत । चीनको अदालतले मृत्युदण्डको फैसला सुनाएका एकजना टिकटक स्टारलाई फाँसी दिइएको छ ।
चीनमा प्रचलित टिकटक जस्तै सामाजिक सञ्जाल डउयीनमा चर्चित एकजना टांग यीनलाई अदालतको आदेश बमोजिम फाँसी दिइएको हो ।
सन् २००९ मा टिकटकमैं प्रख्यात लामुसँग उनले बिहे गरेका थिए । ग्लोबल टाइम्सका अनुसार, बिहेपछि उनीहरुपछि सम्बन्ध बिग्रिन शुरु भएको थियो । त्यसपछि उनीहरुले सन् २०२० मा सम्बन्धविच्छेद गरेका थिए ।
सम्बन्धविच्छेदपछि टांगले सम्बन्धलाई फेरी जोडन लामुसँग निकै अनुरोध गरेपनि लामुले भने अस्वीकार गरेपछि टांगले बदला लिएको समाचारमा उल्लेख छ ।
त्यसपछि टांगले सेप्टेमबर २०२० मा लामुको घरमा गएर उनकी पूर्वपत्नीलाई जिउँदै जलाएका थिए ।
यतिमात्रै होइन, उनले उक्त घटना डउयीनमा लाइभ स्ट्रीम समेत गरेका थिए ।
टांगमाथि क्रूरतापूर्वक नियोजित तवरले हत्या गरेको आरोपमा अदालतमा मुद्दा चलेको थियो । अदालतले उनको क्रूरतालाई क्षमा गर्न नसकिने बताउँदै सन् २०२१ मा मृत्युदण्डको सजाय सुनाएको थियो ।
घटनाअघि आफू वरिपरिका घटनाहरुलाई सामाजिक सञ्जालमा रोचक तरिकाले प्रस्तुत गर्ने गरेका कारण टांग निकै लोकप्रिय थिए । सन् १९९० मा जन्मेका टांगका डउयीनमा ७५ हजार भन्दा बढी फलोअर रहेका छन् ।