अभिनेता दयाहाङ राईद्वारा ‘Wallabies Education’को समुद्घाटन

काठमाडौं । चर्चित अभिनेता दयाहाङ राईले वेलाबीज एजुकेसन कन्सल्ट्यान्सीको समुदघाटन गरेका छन् ।

आज वानेश्वरको मिराकल भवनको दोश्रो तलामा रहेको शैक्षिक परामर्श केन्द्रको उनले उद्घाटन गरेका हुन ।

उक्त अवसरमा राईले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

अपरान्ह १२ बजे संस्था सञ्चालक, विद्यार्थी तथा प्रशिक्षकहरुको उपस्थितिबीच रिबन र केक काटेर राईले उक्त कार्यालयको उदघाटन गरेका थिए ।

उक्त संस्थाले अष्ट्रेलिया, अमेरिका, क्यानाडा र यूरोपका देशहरुमा अध्ययनका लागि परामर्श दिने गर्दछ । यसका साथै अध्ययनका लागि आवश्यक आइइएलटिएस तथा अन्य कक्षाहरु समेत आयोजना गर्ने गरेको छ । संस्थाले भिसा प्राप्त गर्न डकुमेन्टेसनमा सहयोग गर्ने तथा विदेश अध्ययनमा जान चाहनेहरुका लागि पाठ्यक्रम, शैक्षिक संस्था, छात्रवृत्ति तथा अन्य आवश्यक विषयमा निशुल्क परामर्श समेत दिने गरेको जनाएको छ । काठमाडौंबाहेक संस्थाको नेपालको धरान र विदेशका केही सहरमा समेत कार्यालय रहेको छ ।

कमेन्ट गर्नुहोस्