पाकिस्तानमा बाढीले मच्चायाे ताण्डव, सडक जलमग्न, दर्जनौं घर डुबानमा

इस्लामाबाद । पाकिस्तानको माथिल्लो कोहिस्तानमा आएको बाढीका कारण कम्तीमा ५० घर र मिनी पावर स्टेसन डुबानमा परेका छन् ।

भारी वर्षाको कारण अचानक बाढी आएको र माथिल्लो कोहिस्तानको कान्डिया तहसीलमा ठूलो क्षति पुर्याएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अधिकारीहरूले बताएका छन् ।

चित्राल र पेशावरमा भारी वर्षासँगै आएको बाढीमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको पीडीएमएले जनाएको छ ।
बाढीग्रस्त क्षेत्रमा उद्दारकर्ताहरू परिचालन गरिएको छ । एजेन्सी
थप सामग्री :

कमेन्ट गर्नुहोस्