पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु , एक जना घाइते

काठमाण्डौं । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको हो ।पहिरोले तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ज्यान गुमाउनेमा दुई जना पुरुष र एक महिला छन् । उनीहरुको परिचय खुल्न बाँकी छ । घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार गएराति १ बजेतिर पहिरोले घर पुरेको हो । दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको छ । राति नै प्रहरीको टोली त्यसतर्फ हिँडे पनि अझै पुग्न सकेको छैन । घरभित्र सुतिरहेका तीन जनाको ज्यान गएको स्थानीयको भनाई छ ।

कमेन्ट गर्नुहोस्