नरबहादुर कर्मचार्यको परिवार भेट्न बिहानै किराना पसल पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको परिवारसँग भेट गरेका छन्।

सोमबार बिहान कर्माचार्यको स्मृति दिवसको अवसरमा परिवार तथा आफन्तजनलाई भेट गर्न ललितपुरको कुम्भेश्वरमा पुगेर भेट गरेका हुन्।

प्रचण्डसहित माओवादी नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल पनि पुगेका थिए।


उनले त्यहाँ कर्माचार्यको सालिकमा माल्यार्पण गरेका थिए। कर्माचार्यको भाइ, बुहारी लगायतका आफन्तजनसँग प्रचण्डले भेट गरेका थिए।

नेकपाका ४ जना संस्थापक नेतामध्ये कर्माचार्य एक हुन्। पुष्पलाल श्रेष्ठ, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य नेकपाका ४ संस्थापक नेता हुन्।

कर्माचार्य जीवनको अन्तिम घडीमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत थिए।

माओवादी अध्यक्ष प्रचण्डले नरबहादुर कर्माचार्यकै घरमा आफूले जनयुद्धको तयारी गरेको यसअघि बताएका थिए।

नरबहादुर कर्मचार्यको घरमा जनयुद्धको तयारी गरेका प्रचण्डले बताए ।

कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा ०७६ साउन ९ गते आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा खुलाएका थिए।

आफूले लिन भन्दापनि त्याग गर्नका लागि तयार हुने नेताको रुपमा कर्माचार्य रहेको पनि उनले बताएका थिए।

कमेन्ट गर्नुहोस्