यात्रु तथा मजदुरलाई सुविधा हुने गरी पुरानो बसपार्क निमार्ण गरौं : युवराज दुलाल

काठमाडौं । प्रदेश सांसद युवराज दुलाल“सरद”ले पुरानो बसपार्क निर्माण गर्न ध्यानार्कषण गराएका छन् । प्रदेश सभामा आफ्नो धारणा राख्ने क्रममा दुलालले अरनिको रुटमा चल्ने सार्वजनिक यातायातको बसपार्कको रुपमा रहेको पुरानो बसपार्क त्यहि ठाउँमा बन्ने सम्भावना टर्दै गएको बताए । उनले महानगरको ट्राफिक व्यवस्थापन र यात्रु तथा मजदुरको सुविधालाई ध्यानमा राखेर बसपार्क निमाणका लागि सम्बन्धित पक्ष गम्भिर बन्नुपर्ने बताए ।

उनले भने,–“अरनिको रुटमा चल्ने सार्वजनिक यातायातको बसपार्क पुरानो बसपार्कमा थियो । त्यहा बिजनेस टावर बनिसकेपछी पुनः बसपार्क सन्चालन गर्न दिने सहमति भएर बसपार्क हटेको थियो । अब काठमाण्डौ महानगरले बढ्दै गएको ट्राफिक जामको समस्या लगायतका कारण पुनः त्यही बसपार्क हुने संभावना टर्दै गएको छ । बसपार्क अभावका कारण दैनिक हजारौं यात्रुलाई असुविधा परेको सुझाव अखिल नेपाल यातायात मजदुर संघ समेत सार्वजनिक यातायात संचालकहरुले दिएपछी यो महत्वपुर्ण सवाल उठान गरिएको छ । यसमा सम्बन्धित सबैले पहल लिएर अघि बढौं र सुविधा सम्पन्न बसपार्क निर्माण गरौं ।

कमेन्ट गर्नुहोस्