प्रचण्ड भेट्न सिंहदरबार छिरेका बामदेवले प्रचण्डसँग घनश्याम भेटेपछि……

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटघाट भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यलय सिंहदरबारमा प्रचण्ड र गौतमबीच बेलुका ५ बजेतिर भेटघाट भएको हो।

प्रचण्ड भेट्न बामदेव सिंहदरबार पुग्दा प्रचण्डले घनश्याम भुसालसँग छलफल गरिरहेका थिए ।प्रचण्ड भेट्न सिंहदरबार छिरेका बामदेवले प्रचण्डसँग घनश्याम भुसाललाई देखेपछि बामदेव र घनश्याम भुसालबीच एक आपसमा छेडाछेड र हाँसो चलेको थियो ।

दुई नेताबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । प्रचण्ड र गौतमबीच आधा घण्टा मात्रै भेट भएको छ ।

प्रचण्ड भेट्न बामदेव पुगेपछि घनश्याम भुसाल निस्किए भने बामदेब निस्केपछि कांग्रेस नेता मिनेन्द्र रिजाल प्रचण्ड भेट्न माओवादी संसदीय दल कार्यालय पुगेका थिए ।

 

कमेन्ट गर्नुहोस्