रोशन गैरेको तीज गीत ‘लक्ष्मी’ सार्वजनिक

काठमाण्डौ । नेपाली नारिहरुले मनाउने हरितालिका तीज आउन अझ एक महिना भन्दा धेरै बाँकी छ तर कलाकारहरूले भने तीजलाई मध्यनजर गरेर तीज विषेश गीतहरू सार्वजनिक भइरहेका छन ।

यसैबीच चर्चित युवा गायक रोशन गैरेले पनि यो वर्षको लागि तीज गीत ‘लक्ष्मी’ सार्वजनिक गरेका छन । गीतले माया प्रेमलाई विषय बनाएको छ । गैरेले आफ्ना विगतका सिर्जना जस्तै यो गीतमा पनि चोटिला र गहकिला शब्द कोरेका छन भने सबैले सजिलै गुनगुनाउन सक्ने लय समेत बनाएका छन । उनलाई आवाजमा सुनिता बुढाले साथ दिएकी छन ।

गीतको म्युजिक भिडियो पनि आकर्षक बनाइएको छ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको गीतमा विमल अधिकारी र अञ्जली अधिकारीले अभिनय गरेका छन ।

कमेन्ट गर्नुहोस्