स्रोत नखुलेको झण्डै चौबिस लाख रुपियाँसहित भारतीय नागरिक पक्राउ

ढल्केवर। जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार साँझ भारतको बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने–९ घरका भएका १९ वर्षीय अब्दुल समीलाई स्रोत नखुलेको उक्त नगद रकमसहित पक्राउ गरेको हो ।

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१२, कुर्थास्थित महादेव मन्दिर नजिकैबाट समीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

बिआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा सवार भई लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको अवस्थामा समीको शरीर खानतलासी गर्दा स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० नेपाली रुपियाँ बरामद हो ।

कमेन्ट गर्नुहोस्