पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस पल्टिँदा २१ जना घाइते भएका छन् । उनीहरूको कावासोतीस्थित जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार बुधबार बिहान साढे ५ बजे बर्दघाटबाट कावासोतीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टेको हो ।
बस पल्टेको केहिबेरमा आफैं आगो लागेको स्थानीय डम्बर लामाले जानकारी दिए ।
हिलैहिलो र खाल्डैखाल्डाका कारण पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको यात्रा कष्टकर रहेको छ ।