कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना

नेपाली कांग्रेसका नेता प्रदीप गिरि अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि गिरिलाई आज ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको छ।

घाँटीमा समस्या देखिएपछि उनलाई भारतको मुम्बईका अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो। गिरि हालै नेपाल आएका थिए।

गिरि गत वर्ष साउन अन्तिममा उपचारका लागि भारत गएका थिए। मुम्बईको हिन्दुजा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।

गिरिको पारिवारिक स्रोतका अनुसार नेपाल फर्केपछि अस्वस्थ भएका उनलाई मेडिसिटी अस्पतालमा लगिएको हो।

कमेन्ट गर्नुहोस्