बजेट प्रकरण : शुक्रबार प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रुप दिएर शुक्रबार बुझाउने तयारी गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले औपचारिक र अनौपचारिक रुपमा समितिले छानविनका बिषयमा छलफल गरेर समान धारणा बनाउने दावी गरे । छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाई छ । सचिव अर्यालले बिहीबार साढे १२ बजे पुन बैठक बस्ने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्