वडाध्यक्षलाई खुकुरी प्रहार गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । वडाध्यक्षलाई खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जाजरकोट बारेकोट गाउँपालिका –६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाई साउन ९ गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बारेकोट– ६ का टेकेन्द्र नेपाली र अविनास विकलाई पक्राउ गरेको हो ।

 

उनीहरुलाइ कुशे गाउँपालिका– ५ बाटुलेबाट पक्राउ गरिएका जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । घाइते वडाध्यक्ष महताराको टाउकोमा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्