अमेरिकी सहायक विदेशमन्त्री भोली नेपाल आउँदै

काठमाडौं । अमेरिका र चीनबीच तनाव चुलिन थालेपछि दुबै देशका उच्च अधिकारीहरु नेपाल भ्रमण आउने क्रमले निरन्तरता पाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमणको केही समयपछि भोली अमेरिकी सहायक विदेश

नेपालले स्टेट पार्टनरशीप कार्यक्रममा सहभागी नहुने बताइसकेको छ । यद्यपी चीनविरोधी मोर्चामा नेपाललाई उभ्याउन ठूलो कोशीस भने अहिले पनि भइरहेको छ ।

अमेरिकाको स्टेट पार्टनरशीप कार्यक्रमका बारेमा विवाद चलिरहेको बेला अमेरिकी विदेशमन्त्री भ्रमण महत्वपूर्ण रहेको कुटनीतिज्ञहरु बताएँछन् ।

सरकारले एसपीपी रद्द गर्ने निर्णय गर्दै त्यस सम्बन्धमा अमेरिकालाई जानकारी दिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो। तर हालसम्म परराष्ट्र मन्त्रालयले अमेरिकालाई सोबारे जानकारी गराएको छैन।

बुधबारमात्रै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपी कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको थियो।

पछिल्लो समय सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच एमसीसी र एसपीपीको विषयलाई लिएर रस्सकस्सी चलिरहेको छ। छ साना कम्युनिस्ट पार्टीहरुले एमसीसी र एसपीपीको विरोधमा सडक संघर्षको घोषणा गरेका छन्।

यसअघि गत १ मंसिरमा नेपाल आएका उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायतसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

अमेरिकी सहायक विदेश मन्त्री लु दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने मन्त्रीसमेत हुन्।

कमेन्ट गर्नुहोस्