संसदीय विशेष छानबीन समितिले शुक्रबार प्रतिवेदन बुझाउने

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बाह्य व्यक्तिको प्रवेश गराई करका दर हेरफेर गरेको सम्बन्धमा छानबीन गरिरहेको संसदीय विशेष समितिले शुक्रबार प्रतिवेदन बुझाउने भएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले प्राप्त तथ्यहरुको विश्लेषण गरेर प्रतिवेदन बुझाउने बताएको छ ।
समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार, औपचारिक र अनौपचारिकरुपमा समितिले छानविनका बिषयमा छलफल गरेर समान धारणा बनाउने बताए । छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाइ छ।

बैठक बिहीबार साढे १२ बजे बस्ने छ।

कमेन्ट गर्नुहोस्