रवि लामिछानेसँग चुनाव लड्ने पत्रकार भण्डारीको घोषणा, रविले निर्मलाका हत्यारा जोगाउन खोजेको आरोप

महेन्द्रनगर । सञ्चारकर्मी खेम भण्डारीले रवि लामिछानेमाथि गम्भीर आरोप लगाउँदै उनीसँग निर्वाचन लडने घोषणा गरेका छन् ।

रवि लामिछानेले निर्मला पन्तका हत्यारालाई जोगाउन खोजेको आरोप लगाउँदै भण्डारीले रविले लडने निर्वाचन क्षेत्रमा नै आफूले पनि उम्मेदवारी दिने बताएका हुन ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको घटनामा लामिछाने र भण्डारीबीच विवाद चुलिएको थियो । लामिछानेले भने भण्डारीले लगाएका आरोपको खण्डन गर्दै आएका छन् ।

पढ्नुस भण्डारीले लेखेको स्टाटस

अन्ततः रवि लामिछानेबिरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो !

नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ ।

मेरो मुद्दा रहनेछ :

१- निर्मला प्रकरणमा मैले ९ जना निर्दोस बचाएँ । र, अहिले पनि म VVIP नै निर्मलाको बलात्कारी हत्यारा हो भन्नेमा ढुक्क छु । राज्य नै षडयन्त्रकारी भूमिकामा छ । कम्युनिस्टहरु मन्त्री (गृह)को छोरा बचाउन लागे । सत्तामा हुँदा करोडौं खर्च गरे छोरो बचाउन ।

२- नेपालका ठूला मिडियाका क्राइम हेर्ने पत्रकार बेचिए । उनिहरु कुहिरोमा हराएका काग जस्ता भएका छन् ।

३- नेपाल प्रहरी नेताको दास हो । अरु के भन्ने ?

४- रवि लामिछाने जस्ता कथित पत्रकार खेम भण्डारीलाई defame गर्ने र ८ प्रहरीलाई उन्मुक्ती दिलाउने काममा सीमीत भए । उनीहरुले ८ प्रहरीले सफाइ पाएपछि प्रकरण नै बिर्सिए

५- रविले शंकास्पद ८ प्रहरीका पक्षमा media trial चलाए र तिनले उन्मुक्ति पाएपछि चुप लागे । जब कि म अहिलेसम्म निर्दोश बचाउने कोसिसमा छु ।

६- रविले कहिल्यै ओली सरकारले करोडौं खर्च गरेर issue divert गरेको कुरा गरेनन । उनले होटेल ओपेराको नाम जिब्रोबाट कहिल्यै बोलेनन । यसैबाट थाह हुन्छ उनको निर्मला प्रकरण बारेको नियत ।

८- रविले खेम भण्डारीलाई बदनाम गर्न मात्रै आफ्नो उर्जा सके । हत्याराबारे उनले कहिल्यै बहस चलाएनन । मानसिक रोगी दिलिप बिस्टलाई खेम भण्डारीको सालो स्थापित गराए तर दिलिप नै अपराधी हो भन्ने उनको दावी त्यसदिन सकियो जुन दिन अंगुर जीसी लगायतका प्रहरीले सफाइ पाए ।

९- एक अवोध चेलीको बलात्कारपछी हत्या बारेमा उनले स्थलगत आउँदा एउटा र एक वर्षपछि काठमाडौंको स्टुडियोमा अर्कै बोले । आफ्नो स्थलगत रिपोर्टको कमजोरी कहिल्यै स्वीकारेनन ।

१०- मेरो दावी छ – रविले निर्मलाका हत्यारा र मतियारलाई उन्मुक्ती दिन news24 को दुरुपयोग गरे । पुडासैनी प्रकरणमा उनले सफाइ पाउनु पनि यहि कारण हो । होइन भने, मर्न लागेको मान्छेको बयानलाइ इन्कार गर्ने criminal law कहाँ छ ?
रवि लामिछाने जस्ता पाखण्डीलाई अब चुनाउको मैदानमैं नांगेझार गर्नुपर्छ । म आउंदैछु जुनसुकै निर्वाचन क्षेत्रमा उसले लडे पनि ।
एक नावालिक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरु र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने !
त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ । निर्मलाको न्यायका लागि कामना गर्ने नेपाल र संसारभरीका न्यायप्रेमी मेरो समर्थनमा त्यहाँ आउने छन ।

कमेन्ट गर्नुहोस्