घाँस काट्न गएकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

बुटवल । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–५ स्थित नेवारडाँडा जंगलमा घाँस काट्न गएकी १९ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना स्थित गढवा घर भएका ४८ वर्षीय निलमणि दमाई छन् ।

 

साउन १० मा बारुलाले टोकेर युवती चिच्याएको सुनेर दाउरा काटिरहेका निलमणि युवती भएको ठाउँमा पुगेका थिए । सहयोग गर्ने बहाना बनाएर उनले बलात्कार प्रयास गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए ।

बलात्कार प्रयास भएपछि युवती बलपूर्वक उनको पञ्जाबाट फुत्केर भागेकी थिइन् । आरोपितविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर मरासिनीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्