शान्ति प्रक्रियापछि रुकुममा पहिलो पटक माक्र्सवादी स्कुलिङ

रुकुम पश्चिम । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले आधारभुत माक्र्सवादी स्कुलिङ कार्यक्रम सम्पन्न बुधबार सम्पन्न गरेको छ । गत साउन ७ गते देखि मुसिकोट नगरपालिका ५ स्थित सहिद स्मृति सभाहलमा चलेको स्कुलिङ कार्यक्रमले कार्यकर्तामा नयाँ उर्जा पैदा गरेको बताईएको छ ।

माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले पार्टी शान्ति प्रक्रियामा प्रवेश गरेपछि रुकुममा पहिलो पटक जिल्ला स्तरीय पाँच दिने आधारभूत माक्र्सवादी स्कुलिङ कार्यक्रम भव्य एवं शानदार ढंगले सम्पन्न गरेको बताए । उनले कार्यक्रममा १४६ जना जिल्लाका अगुवा नेता तथा कार्यकर्ता सहभागी भएको जानकारी दिए । उनका अनुसार स्कुलिङ कार्यक्रममा ३६ पिरियड कक्षा संचालन भएको थियो ।

स्कुलिङ कार्यक्रममा दर्शन शास्त्र, राजनीतिक अर्थशास्त्र, बैज्ञानिक समाजवाद, विश्व कम्युनिष्टको उदय, नेपालको कम्युनिष्ट आन्दोलन, विज्ञान प्रविधि, रूकुमको विकाश मोडेल, मिडियाको महत्व, रूकुमको कम्युनिष्ट आन्दोलन लगायतका बिषयमा सहजिकरण गरिएको थियो ।

 

माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिना, सल्लाहकार मणिरत्न श्रेष्ठ, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य महेश्वर फुँयाल, माक्र्सवादी ज्ञान केन्द्रका महासचिव इन्द्रराज भट्टराई, सचिव हुमनाथ न्यौपाने, प्राध्यापक एवं माक्र्सवादी ज्ञान केन्द्रका सल्लाहकार प्रा.डा. शोभाकान्त लामिछाने, उपप्रध्यापक राधिका ओझा, माक्र्सवादी ज्ञान केन्द्रका सदस्य रेशमकुमार अधिकारी र माक्र्सवादी ज्ञान केन्द्र प्रशिक्षण विभागका हेमनाथ पौडेलले स्कुिलङमा सहभागीलाई प्रशिक्षित गरेका थिए ।

कार्यकर्तामा उर्जा पैदा

कार्यक्रममा सहभागी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समकृती पुनले सबै सहभागीहरुमा नयाँ उर्जा र उत्साह पैदा भएको बताइन् । उनले स्कुलिङ कार्यक्रमले कम्युनिष्ट पार्टीको सिद्धान्त, विचार, कार्यदिशा, कार्यशैली बारेमा नजिकबाट प्रष्ट हुन सहयोग गरेको बताइन् ।

नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका ४ का अध्यक्ष कमला पुनले माक्र्सवादी दृष्टिकोण र नेपाली समाजकाबारे थप जान्ने, बुझ्ने, अनुभुति गर्ने अवसर प्राप्त भएको बताइन्। कार्यक्रम असाध्यै महत्वपूर्ण र सान्दर्भिक रहेको उनको प्रतिक्रिया रहेको छ ।

यसअघि विभिन्न भर्चुवल माध्यामबाट माक्र्सवादी कक्षा र विभिन्न कार्यक्रम गर्दै आएको ज्ञान केन्द्र भौतिक कार्यक्रममा सक्रिय भएको हो । शनिबारदेखि जुम्लामा संचालन हुने माक्सवादी कक्षामा सहजिकरण गर्ने ज्ञान केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्