एकै दिन थपिए ७१० सङ्क्रमित, दुई जनाको मृत्यु

काठमाडौं । कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको छ। आज थप ७१० जनामा सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, देशभर पाँच हजार २५ स्वाब परीक्षण गर्दा ७१० जनामा सङ्क्रमण पुष्टि भएको हो। जसमध्ये दुई हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जनामा र दुई हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा कोरोना देखिएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६२ पुगेको छ।

बिहीबार २१५ जना कोरोनामुक्त भएका छन्। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञघज्ञद्धण्द्द

कमेन्ट गर्नुहोस्