सामाजिक संजालमा छात्रामाथि दुव्र्यवाहार गर्ने शिक्षकलाई कारबाही गर्न क्रान्तिकारीको माग

इलाम । एसईई दिएर बसेकी छात्रालाई विज्ञान शिक्षकले दुव्र्यवहार गरेको भन्दै अखिल(क्रान्तिकारी)ले भत्सना गरेको छ । अखिल(क्रान्तिकारी) सूर्योदय नगर समिति इलामका अध्यक्ष शेखर तिम्सीनाले एक विज्ञप्ती जारी गर्दै नैतिकता सिकाउनुपर्ने शिक्षकले नै सामाजिक सञ्जाल फेसबुकमा अस्लील शब्द प्रयोग गरी म्यासेज गर्ने र यौन जन्य दुव्र्यवहार गर्ने गरेको भन्दै शिक्षकको मर्यादा विपरित हर्कत गरेको कारण शिक्षकलाई कारबाहीको माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ –“सूर्योदय नगरपालिका वडा नम्बर ७ कन्याम स्थित श्री कृष्णाश्रम माध्यामिक विद्यालयका नि.मा.बि. विज्ञान शिक्षक रमेश पौडेलले सोहि विद्यालयबाट एसईईको परिक्षा दिएर बसेकी छात्रालाई सामाजिक सञ्जाल फेसबुकमा अस्लील शब्द प्रयोग गरी शिक्षकको मर्यादा विपरित हर्कत गरेको प्रति हाम्रो संगठन अखिल (क्रान्तिकारी) घोर भर्त्सना गर्दछ । विद्यालय र शिक्षकहरुबाट नैतिकता सिकाइनु पर्ने पवित्र स्थलमा यस्ता गैरजिम्मेबारी ढंगले आफ्नो मर्यादा भुलेर अराजक शैलिका गतिविधी हुनु निकै गम्भीर विषय हो । यस्ता अराजक र मर्यादाहिन शिक्षक समाज र राष्ट्रको लागी सबैभन्दा ठुलो अपराधी हुन भन्न हाम्रो ठहर छ । तसर्थ उक्त शिक्षकलाई हदै सम्मको कार्वाहिको माग गर्दै अन्यायमा परेको विद्यार्थीलाई न्याय दिलाउन हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउछौं।”

घटनाबारे बुझ्न श्री कृष्णाश्रम माध्यामिक विद्यालयका प्रधानध्यापक कपिल मणी गर्तौलाई फोन गर्दा आफु मिटिङमा रहेकोले पछि मात्रै कुरा गर्नसक्ने बताए ।

कमेन्ट गर्नुहोस्