गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ।गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।

सत्ता गठबन्धनमा रहेको माओवादीसँग बिहीबार मात्रै पास भएको नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घोषणालगायतका समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । अध्यक्ष प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।

गृहमन्त्री खाणले बिहीबार साँझ माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि उनकै निवासमा पुगेर कुराकानी गरेका थिए ।

कमेन्ट गर्नुहोस्