परिवर्तनका नक्कली प्रवक्तालाई जनतामाझ नङ्ग्याउनु पर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले हिजो पृथ्वीनारायण शाहले देशका लागि खेलेको भूमिका र जनयुद्धमा माओवादीले खेलेको भूमिका विर्सन नसकिने घटना भएका बताएका छन् ।

प्रेस सेन्टर नेपालको केन्द्रीय समितीको बैठकलाई संवोधन गर्दे उनले यस्तो बताएका हुन् । उनले पुरानो मेन स्ट्रिम यो स्वीकार गर्न तयार छैन तर हामीहरुलेले सत्य स्थापित गर्न भूमिका खेल्नु पर्ने बताउँदै परिवर्तनका नक्कली प्रवक्तालाई जनतामा चिनाउन र नङ्ग्याउनका लागि आव्हान समेत गरेका छन् ।

कसले केभन्छ भन्ने कुरा भन्दा पनि यस विषयलाई माओवादीले स्वामित्व लिन डराउनु नपर्ने उनको भनाइ थियो । प्रचण्डले मओवादीले हिजो महिला दलित, गरिब किसानका लागि लडाइँ गर्दा थोरै भए पनि त्यतिबेला आफुहरु सँग बलियो आत्मविश्वास भएका कारण जनयुद्ध सफल हुन सकेको बताए ।

पछिल्लो समय पार्टीले राम्रो गर्दा पनि खुलेर भन्ने जाँगर नभएका कारण जनताका लागि माओवादीले गरेका मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण मार्गले देशको अर्थतन्त्रलाई बलीयो बनाएको बताए । तर यीकाम हामिले गरेको भए पनि किन हामी खुलेर हामीले गरेको हो भनेर किन भन्न सकिरहेका छैनौ भनेर प्रश्न गरे । उनले भने ‘देशमा विद्धुतिकरण हामीले गरेको हो देशलाई सञ्चारमा यहाँ सम्म हामीले ल्याएका हौ तर पनि यी कुरा भन्न किन डराउनु हुन्छ ?

माओवादीको दोस्रो सरकारको पालामा आर्थिक बृद्दिमा ७.५को रेकर्ड बन्यो तर भ्रष्टाचारको कुरा कतै आएन भन्दै उनले लोडसेडिङ अन्त्य र अहिले विजुली बेचेर देश धनी बनिरहेको भए पनि यो भन्न तपाईहरु किन हिचकिचाई रहनु भएको छ ? उनले एमसीसी र एसपीपीबारे माओवादीले सेटल गरेको हो भन्दै एसपीपी नेपाललाई नचाहीने भनेर आज पत्र गयएको बताउँदै भने ‘ यो माओवादीले गरेको हो तर कनि भन्न सकीरहेका छैनौ?

अध्यक्ष प्रचण्डले गठबन्धन कायम रहने बताउँदै गठबन्धनका सवै सन्तुष्ट हुनेगरि विभाजन गर्नुपर्ने र चुनावपछि पनि गठबन्धनका चाहिने हुँदा गठबन्धन नटुट्ने बताए ।

गठबन्धन कायम रहेको खण्डमा शान्ति प्रक्रिया पनि टुंगिन्ने उनको भनाइ थियो । पछिल्लो समय चर्चामा रहेको समाजवादी केन्द्र निर्माणको विष्यमा अध्यक्ष प्रचण्डले भने ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन, एउटै घोषणापत्र र चुनावचिन्हबारे छलफल भएको छ टुंगिएको छैन।’

कमेन्ट गर्नुहोस्