त्रिवि चलाउनेहरु मालमाल भएको देखेर जग्गा दलालहरु जिब्रो टोक्न थालेका छन् : पञ्चा सिंह

काठमाठौ ।अखिल(क्रान्तिकारी) अक्ष्यक्ष पञ्चा सिंहले त्रिवि चलाउनेहरु मालामाल भएको देखेर जग्गा दलालहरुले समेत जिब्रो टोक्न थालेको टिप्पणी गरेकी छन् ।

अखिल(क्रान्तिकारी) थापाथली क्याम्पसको ११ ओैं इकाई सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो प्रतिकृया सार्वजनिक गरेकी हुन् ।

त्रिवि इतिहामै सबैभन्दा बढी भद्रगोल अवस्थामा पुगेको , बेथति मौलाएको र बेरुजुले सगरमाथा जत्रो किर्तिमान बनाउँदै गर्दा त्रिवि चलाउनेहरुको आर्थिक अवस्था उकाशिनु निकै अनौठो भएको अध्यक्ष सिंहको भनाई थियो ।

महासचिव दिपेश पुन सहित उपाध्यक्ष द्वय जीपी मैनाली र तुकमान महरा लगायत अतिथिको उपस्थिति रहेको कार्यक्रमको बन्दसत्रले आजै नयाँ नृतृत्व चयन गर्ने अखिल (क्रान्तिकारी) नेता विवेक थापाले जानकारी दिए।

 

कमेन्ट गर्नुहोस्