समाजवादी केन्द्र बन्दैन, चुनावसँगै गठबन्धनले शान्ति प्रक्रिया टुंग्याउँछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी केन्द्रको निर्माण विषयमा कुनै छलफल नभएको बताएका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही व्यक्तिहरुले समाजवादी केन्द्र बनाउने विषयमा छलफल गरेतापनि माओवादी केन्द्रले त्यस विषयमा छलफल नगरेको जानकारी दिए ।

अहिलेको अवस्थामा वर्तमान गठबन्धनसँगै रहेर आगामी निर्वाचनमा जाने र अहिले गठबन्धनको विकल्प नरहेको उनले बताए । उनले भने, प्रचण्डले भने, ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’

उनले स्थानीय चुनावको अनुभव भने त्यति मीठो नभएको बताए । ‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो छ । त्यसैले स्वतः नेतृत्व कांग्रेसको हुने भयो । तर, लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन नै आजको राजनीतिको मूलधार भएको बताए । उनले माओवादी समर्थित पत्रकारहरुको पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी पनि गरे ।देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुईवटा सरकार मात्र भएको प्रंचण्डको दावी थियो ।

कमेन्ट गर्नुहोस्