किक बक्सिङ संघद्वारा ३१ निर्णायकलाई सम्मान

काठमाडौं, नेपाल किक बक्सिङ संघले ३१ निर्णायकलाई सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, विभागका उप निर्देशक हिमालराज दाहाल र नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे।

सम्मानित हुने निर्णायकमा राजुसिंह बोजिको, जयचन्द लामा, विन्दा नेपाली, रिजन थापा मगर, शम्भु नेपाली, हरिबहादुर तामाङ, सन्जित शाही, प्रवीण सुनाम छन्।

यसैगरी अनमोल पुजारी, प्रदीप श्रेष्ठ, देवकुमार श्रेष्ठ, नरेन्द्र महर्जन, उत्तम श्रेष्ठ, दिवान्स श्रेष्ठ, अरुण दर्लामी, कृष्णशरण राना मगर, सुरेश खड्गी, बावुकाजी थापा, सचिदानन्द बनेपाली, रोहित मानन्धर पनि सम्मानित भएका छन्।

सम्मान प्राप्त गर्ने अन्य निर्णयाकमा विलबहादुर तामाङ, टिकाराम जिमी, हरिकृष्ण प्रजापति, रमेश नेपाली, इन्द्र डंगोल, वीरेन्द्रसिंह कोदारी, सन्जिव महर्जन, कृष्णराज गिरी, कृष्णराम जाकी, प्रकाशबहादुर शाही र गणेश सुकुमनी रहेको राष्ट्रिय खेलकुद परिषद्का प्रशासकिय अधिकृत लोकेन्द्रकुमार बस्नेतले जानकारी दिए।

कमेन्ट गर्नुहोस्