बाबुराम भट्टराई त माओवादी नै होइनन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईलाई माओवादी नै नभएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले माओवादी भनेको प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र मात्र भएको दाबी गरे।

‘किरण माओवादी काम छैन, विप्लव माओवादी पनि अब अर्थ छैन्,’ प्रचण्डले भने, ‘बाबुराम त माओवादी नै होइनन् तीनको हिसाब नै भएन।’


उनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशको बागडोर सम्हाल्ने जिम्मा माओवादी माझ रहेको बताए। ‘माओवादी भनेको माओवादी केन्द्रमात्र हो भन्ने यो पटकबाट प्रमाणित भयो’ प्रचण्डले भने।

कमेन्ट गर्नुहोस्