एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली घोषणा

काठमाडौं । यही साउन २१ र २२ गते इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसिया रग्बी सेभेम्स ट्रफीका लागि नेपाली महिला टोली घोषणा भएको छ ।

बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १२ जनाको खेलाडीको अन्तिम टोली छनोट गरिएको नेपाल रग्बी संघले जनाएको छ ।

 

छनोट भएका खेलाडीहरुमा एलिसा थापा, सिर्जना राई, पञ्चमाया श्रेष्ठ, साबित्री पुर्जा,सबिना महर्जन, नानी तामाङ सुजिता गुरुङ, मनिसा थापा मगर, अप्सरा कार्की, विशाका राई, शर्मिला राई र अपना पौडेल छन् ।

कमेन्ट गर्नुहोस्