भाइले बैंकमा जम्मा गर्न दिएको पैसा हडप्न दाइले आफ्नै तिघ्रामा चक्कु रोपेर पुलिस बोलाएपछि….

महोत्तरी, पैसा लटनका लागि एकजना व्यक्तिले आफैलाई घाइते बनाएर लुटपाटको माहौल बनाएको रहस्य खलेको छ ।

भाइले बैंकमा जम्मा गर्न दिएको रकम हडप्न निजका दाइले पैसा लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए ।। प्रहरीले गलत सूचना दिइ रकम लुटेको आरोपमा महोत्तरी रामगोपालपुर नगरपालिका ७ का ३६ वर्षीय अरुण चौधरीलाई पक्राउ गरेको छ ।

घटनाक्रम अनसार, साउन १३ गते साँझको समयमा गौशला न.पा.२ रेडक्रस नजिक अज्ञात व्यक्तिले आफूसँग रहेको ५ लाख रुपैयाँ लुटेको भन्दै अरुण चौधरीले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय गौशालाले उक्त विषयमा अनुसन्धान गर्दा भने त्यस्ताे घटना घटेकाे पाइएन । अनुसन्धान गरी प्राप्त भएको सिसिटिभी फुटेजहरु, सो वारदात स्थानको सडक हुँदै आवतजावत गर्ने स्थानीयसँगको सोधपुछ तथा पीडित भनिएका अरुण चौधरीसँग समेत सोधपुछ गर्दा नक्कली लूटकाे घटना सिर्जना गरेकाे पाइएकाे हाे।

प्रहरी स्रोतका अनुसार अरुण चौधरीलाई उनका भाइ अनिल चौधरीले खातामा जम्मा गर्नका लागि ५ लाख नगद दिएको थियो। अनिलले सो रकम भाइको खातामा जम्मा नगरी आफैँले तिघ्रामा चक्कु प्रहारसमेत गरेर पैसा हजम गर्न खोजेको रहस्य सार्वजानिक भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

भाइले दिएको ५ लाख रकममध्ये अरुणले सरपल्लोकी चाँदनी देवीलाई १ लाख ५६ हजार सापटी फिर्ता, ४९ हजार मनि ट्रान्सफरमा काम चलाउँदै गर्नु भनी श्रीमतीलाई छाडेको र बाँकी २ लाख ९५ हजार रकम मनी ट्रान्सफरको फण्डमा जम्मा गरेको अनुसन्धानको क्रममा प्रहरीले तथ्य फेला पारेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए।

प्रदेश २–०२–००४ प।३३४७ न।को मोटरसाइकलमा सवार अरुण चौधरीले नं। प्लेट नखूलेको मोटरसाइकलमा आएका अपरिचित ३ जना मानिसहरुले मोटरसाइकलले बाटो छेकी छुरा प्रहार गरी घाइते बनाएर आफूले पछाडी भिरेको कालो रंगको झोला खोसी लगेको भन्दै प्रहरीमा उजुरी गरेका थिए। त्यस्तै सो झोलामा रहेको भाइ अनिल चौधरीले आफ्नो खातामा जम्मा गर्न भनी पठाएको नगद रु। ५ लाख लुटिएको भन्दै ईलाका प्रहरी कार्यालय गौशालामा बयान दिएका थिए।

पक्राउ परेका अरुण चौधरीउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्