एमाले विभाग प्रमुखहरूको बैठक च्यासलमा

काठमाडौं। नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ। बैठक केहिबेर अघि पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो।

बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकमा एमालेका ३३ वटै विभाग प्रमुख र पदाधिकारीहरु सहभागी छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको रिजालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्