ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मलराज काफ्लेलाई ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्।

काफ्लेलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्