CAN ले नयाँ प्रशिक्षक छनाैट प्रक्रिया अघि बढाउने

कार्यकाल बाँकी छदै नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदबाट प्रशिक्षक पुबुदु दासानायकेले दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने भएको छ।

क्यानले पुबुदुले राजीनामा दिएपछि नयाँ प्रक्रियाको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग सल्लाह गरेको थियो।

आइसिसीले गत वर्ष गरिएको प्रशिक्षक नियुक्त प्रक्रियाको ‘सर्ट लिस्ट’ मा परेका प्रशिक्षकलाई नियुक्त गर्न सकिने सुझाव दिएको थियो। गत वर्ष क्यानले प्रशिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गर्दा सुरूमा ६० जनाले निवेदन दिएका थिए। त्यसमा क्यानले पहिलो चरणमा १५ जनालाई छानेको थियो।

१५ जना मध्ये मोन्टी देसाई, पुबुदु दसानायके, असान्था गुरुसिङ्घे, ग्रान्ट ब्राडवर्न र रुवान काल्पेज गरी पाँच जनासँग क्यानले अन्तर्वार्ता लिएको थियो।

कमेन्ट गर्नुहोस्