नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित, फाइनल पुग्ने समीकरण कठिन

काठमाडौँ — साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको छ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको हो।

यो हारले नेपालको फाइनल पुग्ने समीकरण पनि कठिन बनेको छ । लगातार दुई खेल जितेर सुखद् सुरुआत लिएको नेपालले तेस्रो खेलमा भने लज्जास्पद पराजय भाेगेकाे हाे ।

यो नतिजापछि भारत र नेपाल दुवैको समान छ अंक भएको छ । बंगलादेश भने तीन खेलबाट नौ अंकसहित शीर्ष स्थानमा छ । कुल पाँच टिम सम्मिलित प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा भइरहेको छ र त्यसको अन्त्यमा शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ । भारतको यस जितपछि फाइनल पुग्ने दुई टिमको निर्णय लिग चरणको अन्तिम खेलपछि मात्र हुनेछ ।

नेपालले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । भारतको जित भने पार्थिव गोगाईले दुई गोल गरे भने टाइसन सिंह, पाथुम गिमाना, हिमांशु झाङ्ग्रा, मोहमद रिकाज, गुरकित सिंह सुभो पलले एक एक गोल गरे । त्यस अगाडि आइतबारको पहिलो खेलमा श्रीलंका र माल्दिभ्सले १–१ को बराबरी खेलेका थिए । यो नतिजापछि माल्दिभ्सको फाइनल प्रवेशको सम्भावना समाप्त भएको छ । श्रीलंका यस अगाडि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

कमेन्ट गर्नुहोस्