थाक खेलकुद तथा च्याम्पियनसीप आगामी असोज ५ गते हुने

मुस्ताङको बहुप्रतिष्ठित खेलकुद प्रतियोगिता थाक खेलकुद तथा च्याम्पियनसीप आगामी असोज ५ गते हुने भएको छ। लगातार ३ वर्षसम्म कोभिड माहामारीका कारण थाकखेलकुद प्रतियोगिता हुन सकेको थिएन।

थाक खेलकुद तथा सांस्कृतिक विकास संघको शनिबार थासाङको ताक्लुङमा बसेको बैठकले यसवर्ष संघको ५० औं वर्षको स्वर्ण जयन्ती तथा खेलकुद लगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षतामा बसेको संघको बैठकले थाकखेल कार्यक्रम तथा थाकखेलकुदको ५० औं वर्ष पुगेको उपलक्ष्यमा यसवर्ष विशेष प्रकारले प्रतियोगिता आयोजना लागेको हो।

मुस्ताङ जिल्लाका लागि विशेष महत्व राख्ने थाकखेलकुद कार्यक्रमले यहाँका यूवाहरूको खेलप्रतिको आर्कषण वृद्धि गर्ने, स्थानीय खेलाडीलाई उत्पादमुखी बनाएर जिल्ला, क्षेत्र र राष्ट्रिय रूपमा प्रतिनिधित्व गराउन सक्ने आधार तयार गर्ने, खेल पर्यटनको प्रर्वद्धन गर्ने र स्थानीय खेलाडी र कलाकारको क्षमता विकास गर्ने लक्ष्यसहित थाकखेलकुद तथा सांस्कृतिक विकास संघले बर्सेनि थाकखेलकुद कार्यक्रम गर्दै आईरहेको थियो।

कमेन्ट गर्नुहोस्