गाडीमा राखिएको जेनेरेटरबाट करेन्ट लिक हुँदा १० श्रद्धालुको मृत्यु

पश्चिम बंगालमा शिवमन्दिर गइरहेका १० जना श्रद्धालुको निधन भएको छ ।

पश्चिम बंगालको कुचबिहारमा गएराती दुर्घटना भएको थियो ।

जलपेशमा रहेको शिवमन्दिरतर्फ गइरहेका शिव भक्तहरुको (काँवडि)हरु करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार, उनीहरु सवार वाहनमा डिजे स्पीकर राखिएको थियो । त्यसको जेनेरेटरमा शर्ट सर्किटका कारण वाहनमा करेन्ट फैलिन पुगेका कारण पिकअपमा सवार यात्रुहरुलाई करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । घटनामा १६ जना मानिस घाइते भएका छन् । यी सबैलाई अस्पताल भर्ना गरिएको छ ।

न्यूज एजेन्सी एएनआइका अनुसार, पिकअपमा २७ मानिस रहेका थिए ।

कमेन्ट गर्नुहोस्