चीनको आपत्ति पछि अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण रद्ध

काठमाडौं । चिनको आपत्ति पछि अमेरिकी संसद अन्तर्गतको प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण रद्ध भएको छ । उनले आफ्नो एसियाका इन्डो–प्यासिफिक राष्ट्रहरुको भ्रमण भने सुरु गरेकी छन् ।

सभामुख पेलोसीले संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिङ्गापुर मलेसिया, दक्षिण कोरिया र जापान लगायतमा इन्डो–प्यासिफिक राष्ट्रहरुको भ्रमण गर्ने संचार संस्था रोयटर्सले जनाएको छ ।

पूर्वी एसियाली राष्ट्रहरूसँगको आपसी सुरक्षा, आर्थिक सहकार्य लोकतान्त्रिक शासन लगायतका विषयहरू भ्रमणको मुख्य एजेन्डा रहेको रोयटर्सले उल्लेख गरेको छ ।

चीनको आपत्ति पछि सभामुख पेलोसीको सम्भावित ताइवान भ्रमण पछिल्लो भ्रमण सूचिबाट हटाइएको अन्तर्राष्ट्रिय माध्यमहरूले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्