विप्लवलाई पुर्जी किन काट्यो बुझ्न गाह्रो भयो : वली

काठमाडौं । करिब साढे दुई वर्ष अगाडि नै शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र उनको पार्टीका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

उक्त पक्राउ पुर्जीसँगै विप्लव पार्टीका नेताहरुले सरकारले सहमति उल्लंघन गरेको बताएका छन् ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले राज्यले तीन बुँदे सहमती उल्लंघन गरेको बताए ।

विप्लबको पार्टीबाट हालसालै अलग भएका एक जना सचिवालय सदस्य नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ले अदालतले पुर्जी काट्नुको कारण आफूले बुझ्न नसकेको बताएका छन् । उनले ‘क्रान्तिकारी’लाई तर्साउने वा अदालतमा हाजिर गराएर छाड्न सक्ने अनुमान गरे ।

 

सरकारसँग भएका तीन बुँदे सहमतिमा मुद्दा लागेकाहरुलाई छाड्ने उल्लेख भएको बताउँदै उनले भने, ‘अहिले जुन वारेन्ट जारी भएको छ, त्यो के हो भन्ने कुरा हामीलाई बुझ्न गाह्रो भएको छ ।’

कमेन्ट गर्नुहोस्