प्रधानन्यायाधीश विरुद्धको महाअभियोग अघि बढाउन सभामुखलाई नेपाल बारको आग्रह

काठमाडौं । नेपाल बार एशोसिएशनका केन्द्रिय पदाधिकारी र प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । बारका पदाधिकारीले आज (सोमबार) दिउँसो १ः३० बजे सभामुखको सचिवालय सिंहदरबारमा पुगेर सभामुखलाई भेटेका हुन् । भेटमा बारका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग अघि बढाउन आग्रह गरेका थिए ।

बारका अध्यक्ष गोपाल कृष्ण घिमिरे सहित पदाधिकारी तथा सदस्यहरुले सभामुखसँगको भेटमा संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धकाे महाअभियोग र न्यायपालिकाका समसामयिक विषयमा छलफल गरेको बारका महासचिव अन्जिता खनालले ऐभरेष्ट दैनिकलाई जानकारी दिइन् ।

भेटमा सभामुख अग्नी प्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग अघि बढाउने कुरामा संसद सकारात्मक रहेको बताए । चोलेन्द्र शम्शेर जबराले न्याय क्षेत्रमा गरेका गलत हर्कतको पुष्टि न्यायधिश र वकिलबीचको अडियो काण्डले  गरेको भन्दै  अबको अधिवेशन महाअभियोगकाे प्रक्रिया अघि बढाइने बताए ।

यसअघिको बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायसम्पादमा गरेका गलत हर्कतबारे १७ बुँदे प्रतिवेदन पेस गर्दै चोलेन्द्र शम्शेरलाई महाअभियोग लगाउन आग्रह गरेको थियो ।त्यपछि संसदमा उनी विरुद्ध दर्ता भएको थियाे ।

२०७८ फागुन १ गते सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाभियोगको प्रस्ताब दर्ता गरेको थियो । प्रस्ताब दर्ता गरे पछि दलहरुले प्रक्रिया भने अघि बढाएका छैनन ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने नियतले मात्र महाअभियोग प्रस्ताब दर्ता गरेको आरोप दलहरु लाई लाग्दै आएको छ ।

कमेन्ट गर्नुहोस्