आज श्रावण शुक्ल पञ्चमी घरघरमा नाग पूजा गरिँदै

काठमाडौं। आज श्रावण शुक्ल पञ्चमीको दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मंगलबार परम्परा अनुसार घरघरमा नागको पूजा गरी मनाइदैँछ । यस वर्षको नाग पूजा साउन १७ गते मंगलबार परेको छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहि आएको छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई ब्राह्मण पुरोहितबाट पूजाआजा गरी हिन्दुहरुको घरको ढोकामाथि टाँसिन्छ ।

घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ । आज नाग पञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीमा पुजाआचा गर्नेको बिहानैदेखि भिड लागेको छ ।

कमेन्ट गर्नुहोस्