मुख्यमन्त्री राई कोरोना संक्रमित

काठमाडौं। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन् । सोमबार मुख्यमन्त्रीसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो ।

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ। मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

कोभिड संक्रमणका कारण माननीय मुख्यमन्त्रीको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको छ ।

कमेन्ट गर्नुहोस्