काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर कारोबार भएको छ । चाँदीको मूल्य भने स्थिर छ ।
सोमबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । आज तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
आज चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबार दिनकै स्थिर मूल्य हो ।