कोसी ब्यारेजमा बल्यो खतराको बत्ती, सबै ढोका खोल्न स्थानीयको माग

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ ।

सप्तकोसीमा मंगलबारर पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

यादवले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको बताएका छन्।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछी खतरा मानिन्छ ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाँऊ पालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ ।

कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानीयले बताए ।सप्तकोसीमा बाढी आएको समयमा सबै ढोका खोलेर कोसी आसपासका सर्विसाधारणको अवस्था सहज बनाउनुपर्ने स्थानीयको माग छ ।

सप्तकोसीमा सोमबारदेखि नै पानीको बहाव निरन्तर बढिरहेको छ ।

कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोर सहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अबस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्