नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सडक अवरुद्ध हुँदा पनि यात्रु पठाएर बाटोमा अलपत्र पारेको गुनासो

 

मुग्लिन । नारायणगढ मुग्लिन सडकको केराबारीमा सामेबारदेखि गएको पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्रमा परको छन् । केराबारीमा ठूलो पहाडबीच बाटोमा खसेपछि सडका सवारी साधन जाम हुनुका साथै यात्रुहरु अलपत्रमा परेका हुन् ।

काठमाडौंबाट बुटवल–भैरहवा–नारयणगढ हिंडेका सयौं गाडी मुग्लिनदेखि बेनिघाटसम्म लामो जाम भएको हो । कतिपय यात्रुहरु दोहोरो भाडा तिरेर पोखरा हुँदै बुटवल भैरहवा गएको बताइएको छ । कतिपय यात्रुहरुलाई दोब्बर भाडा तिर्न बाध्य पारेको यात्रुहरुको भनाई छ ।

 

सडक अवरुद्ध भएको थाहा हुँदाहुँदै टिकट काउन्टरले यात्रुहरु पठाएर अलपत्र पारेको यात्रुहरुले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्