प्रचण्डको जापान भ्रमण ऐतिहासिक बनाउँछौ : भवानी पन्त

काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणको लागि अगस्ट ६ तारिकमा आउने भएका छन ।नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको भित्राउन र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई मुख्य वक्ताको रूपमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको मंचका महासचिव बाबुराम पौडेलले जनाए ।

उनका अनुसार अगस्ट ७ तारिक टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५ः३० बजेदेखि अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रचण्डको नेपाल जापान सम्बन्धमा टेवा पुर्याउने उदेश्यले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

४ सदस्यीय भ्रमण दलसहित जापानमा आउन लागेका प्रचण्डले जापानका विभिन्न एतिहासिक महत्वका क्षेत्रको पनि भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले बताए ।

कमेन्ट गर्नुहोस्