चिनको आपत्तिकाबीच अमेरिकी सभामुखको ताइवान भ्रमण, के होला ताइवानमा अब ?

काठमाडौं । चिनको आपत्तिका बीच अमेरिकी संसद अन्तर्गतको प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेकी छन् । उनको ताइवान भ्रमण रद्ध हुने समाचार सार्वजनिक भए पनि केहि समय अघि ताइवान पुगेकी हुन् ।

पेलोसी मंगलबार रात ताइवान बसेर बुधबार त्यहाँको संसद्‍ भवन पनि पुग्ने तालिका छ ।यसअघि उनले आफ्नो भ्रमणलाई एसियाका इन्डो–प्यासिफिक राष्ट्रहरुमा केन्द्रीत गर्ने तर ताइवान नजाने भन्ने समाचार सार्वजनिक भएका थिए ।

पेलोसीकोको ताइवान भ्रमणलाई चीनले निन्दा गरेको छ । चीनको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अमेरिकी संसद अन्तर्गतको प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन सिद्धान्त र प्रावधानको गम्भीर उल्लंघन भएको बताएको छ ।

साथै यो भ्रमणले चीन–अमेरिकाको राजनीतिक जगमा गम्भिर असर गर्ने बताएको छ ।यो दुई देशको सम्बन्ध मात्रै नभएर चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लङ्घन भएको विदेश मन्त्रालयले जनाएको छ । यसले ताइवानमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउँने चीनको भनाई छ । ‘ताइवान स्वतन्त्रता’ को नाममा पृथकतावादलाई बढावा दिने कदम भएको जनाएको छ ।साथै रुसले पनि उक्त भ्रमणको विरोध जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्