श्रृजनशील उद्यमी मेला आयोजना हुँदै, सय बढी स्टल रहने

काठमाडौं । तीजको अवसरमा महिला श्रृजनशील केन्द्रले १९औं डाबर वाटिका तीज फेस्टिवल—श्रृजनशील उद्यमी मेला—२०७९ को आयोजना गर्ने भएको छ ।

राईजिङ्ग नेपाल प्रा.लि.(भ्खभलत क्बलकबच।अयm) को व्यवस्थापनमा हुने मेला यहि श्रावण २७ देखि ३१ गते सम्म चल्नेछ । मेलालाई डाबर नेपालको डाबर वाटिका स्याम्पुले मुख्य प्रायोजन गरेको छ भने कान्तिपुर पब्लिकेशनको नारी म्यागजिनले मुख्य सह—प्रायोजन गरेको छ ।

उक्त ५ दिने मेला वल्र्ड टे«ड सेन्टरको चौथो तल्ला म्भ्ऋऋ, त्रिपुरेश्वर, काठमाडौंमा आयोजना हुने भएको हो ।

श्रृजनशील महिलाहरुका सीप र दक्षताको अभिवृद्घि गराई उद्यमशिलता तथा स्वरोजगार तर्फ प्रेरित गर्दै आर्थिकरुपमा सबल बनाई प्रविधिमैत्री वातारवण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत १९ वर्ष देखि श्रृजनशील उद्यमी मेलाको आयोजना हुदै आएको हो । विशेषतः अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायहरुलाई सीप सिकाई उनिहरुको सिर्जना तथा उत्पादनलाई बजारिकरण गर्न यस मेलालाई अवसरको रुपमा लिन सकिन्छ ।

संस्थाद्वारा संचालित सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक, प्रशासनिक लगायत सम्पूर्ण क्षेत्रमा पहुँच पु¥याउने विभिन्न किसिमका मेला, गोष्ठी, सेमिनार, तालिम तथा कार्यक्रमहरुको फलस्वरुप ७०० भन्दा बढी दिदी बहिनीहरु स्वरोजगार भई काम गर्न सफल भएका छन् ।

यस पटक हुने वृहत् मेलामा १०० भन्दा बढी स्टलहरु रहने र २५००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने आयोजकले जनाएका छन् ।
यस मेलाका मुख्य आर्कषणहरु यस प्रकार रहेका छन्…

  • घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशनी
  • तीज विशेष खानाका परिकारहरु
  • महिला उद्यमशिलता र वित्तिय पहुँच सम्बन्धी अन्र्तक्रिया कार्यक्रम
  • निशुल्क स्वास्थ्य शिविर
  • फोटो सुट
  • मेहेन्दी आर्ट
  • हात खालि नजाने विशेष उपहारहरु राखिएको छ ।

यस मेलामा काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका साथै चन्द्रागिरी नगरपालिको सहयोगमा केहि स्टलहरु रहने छन् ।
साथै आयोजकद्धारा १० वटा भन्दा बढि स्टल असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदिबहिनीहरुलाई निशुल्क प्रदान गरिएको छ ।

कमेन्ट गर्नुहोस्