माओसँग हारेका भगौडाहरुको नेतृत्व गर्दै च्याङ काइ सेकले बनाएका थिए ताइवान

काठमाडौं । च्यांग काइसेक इतिहास र राजनीतिमा चासो राख्नेका लागि नौलो नाम होइन । चीनको राजनीतिक इतिहास बढ्ने जो सुकैलाई पनि उनी राष्ट्रवादी नेताको रुपमा उल्लेख गरिने थाहा छ । कम्यनिष्टहरुका लागि भने उनी सामन्त र उदारवादीहरुको प्रतिनिधित्व गर्ने छद्म राष्ट्रवादी हुन । कतिपयले उनलाई निरंकुश तानाशाह समेत भन्दछन् ।

चीनमा कम्युनिष्ट पार्टीले माओको नेतृत्वमा जनवादी क्रान्ति सुरु गरेको बेला मुख्य लडाई नै च्यांगकाइसेकसँग परेको थियो । च्यांग काइसेकले कोमिन्तांग दलको नेतृत्व गर्थे । यसले नै चीनमा शासन समेत गरेको थियो । जनवादी क्रान्ति दबाउन च्यांग काइसेकले लाखौं कोशीस गरेपनि सफल भने भएका थिएनन् ।

च्याङ काई सेक प्रभावशाली, महत्वाकांक्षी, अवसरवादी, विश्वासघाती र अदूरदर्शी नेता थिए । यिनले अरूको सल्लाह स्वीकार गर्दैनथे । यिनले सुधारका कामहरू गर्नुभन्दा पनि विरोधीहरूलाई शक्तिको भरमा दमन गरेर मनपरि शासन चलाउन चाहन्थे । उनी सत्तमा आएपछि कोमिङताङलाई साम्यवादी विरोधी दलका रूपमा विकास गरे र साम्यवादी विचारका मानिसहरूलाई कारबाही गर्न सुरु गरे । सन् १९२७ मा उनले चिनियाँ कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धसमेत लगाए ।

यसैबीच जापानले चीनमाथि आक्रमण तीब्र बनाएपछि भने देश जोगाउन भन्दै माओ र च्यांगकाइसेकबीच यद्धबिराम भयो । चिनियाँ जनमक्ति सेना समेत सत्तारुढ कोमिन्तांगका सेनाहरुसँगै जापानविरुद्ध लड्न पगे । जापानलाई हराएपछि भने फेरी अवस्था गृहयद्दमा मोडियो । त्यो बेला माओले च्याङ काइ सेकलाई वार्ताका लागि मिलौं, मिलेर मात्र देश अगाडि बढ्छ। हाम्रा साझा दायित्व छन् देश निर्माणका लागि भनेर वार्ताको प्रस्ताव गरेपनि उनले त्यो स्वीकार गरेनन् । च्याङ काइ सेकले एउटा आकाशमा दुइटा सूर्य हुन्न। एउटा मात्रै सूर्य हुन्छ भनेर माओलाई जवाफ दिएापछि भीषण गृहयुद्ध चर्कियो ।

गृहयद्धका कैयन मोर्चामा च्यांग काइसेकले हार ब्यहोर्दै गए ।

सरकारले लाल सेनाका सर्तहरू अस्वीकार गरेपछि लाल सेनाले आफ्ना गतिविधिहरूलाई अझै तीव्र बनाउँदै लग्यो । सन् १९४९ को अप्रिलमा नानकिङ र साङ्घाई पनि लाल सेनाको नियन्त्रणमा आए। लाल सेनाले देशका विभिन्न स्थानहरूमा जनसरकार गठन गर्दै गयो ।
सन् १९४९ मा माओको नेतृत्वमा चीनको जनवादी क्रान्तिले पूर्णता पायो ।

च्यांग काइसेकहरुका लागि चीनमा बस्न सम्भव थिएन । अर्कोतर्फ जनमुक्ति सेनाले तथाकथित राष्ट्रवादीहरुलाई लखेट्न सुरु गरे । त्यसपछि च्यांग काइसेकले सबै भगौडाहरुको नेतृत्व गर्दै फारमोसा भन्ने टापुमा भाग्न सफल भए। फारमोसा टापुलाई हाल ताइवान भनिन्छ।

ताइवान प्राचीन समयदेखि नै चीनको प्रान्त थियो । च्यांग काइसेकहरुले करिब १० लाख आफ्ना समर्थकसहित ताइवान पुगेपछि त्यहाँ चिनियाँ गणतन्त्रको स्थापना गरे । उनीहरुले यसअघि चीनमा रहेको सरकार नै त्यहाँ स्थापित गरिएको बताए । साथै चीनमा कम्यनिष्टहरुलाई हराएर पुनः गणतान्त्रिक चीन स्थापना गर्ने समेत घोषणा गरे ।

ताइवान पुगेर उनले चीनमा त्यसअघि भएको सरकारलाई नै सञ्चालन गरेपनि यसले मान्यता पाउने अवस्था थिएन । त्यसपछि च्यांगकाइसेकले सन् १९५६ मा ताइवानमा मार्सल ल सुरु गरे । हिटलरको राष्ट्रवादबाट प्रभावित उनले मार्सल ल लगाएर सन् १९७५ सम्म त्यहाँ शासन गरे ।

जसलाई हामीले चीन भन्छौं, त्यसको आधिकारिक नाम ‘पिपुल्स रिपब्लिक अफ चाइना’ र जसलाई हामी ताइवान नामले चिन्दछौं, त्यसको नाम ‘रिपब्लिक अफ चाइना’ हो । अर्थात दुवैको नाममा ‘चीन’ जोडिएको छ । जनवादी गणतन्त्र चीन र गणतन्त्र चीनले एक अर्काको सम्प्रभुतालाई मान्यता दिँदैनन् ।

दुवैले आफूलाई आधिकारिक चीन मान्दै मुख्य भूमि चीन र ताइवान द्वीपको आधिकारिक भएको दाबी गर्छन् । ताइवानलाई स्वतन्त्र देशको मान्यता दिने कुनै पनि देशसँग चीनले कूटनीतिक सम्बन्ध राख्दैन । ताइवानलाई स्वतन्त्र देशको मान्यता दिने निकै कम राष्ट्रहरू मात्र छन् । व्यापारिक सम्बन्ध भने धेरै देशसँग रहेको छ ।

तर चीनले ताइवानको च्यांग काइसेकहरुको विरासत भएको सरकारलाई मान्यता दिएको छैन । उसले ताइवान चीनकै अंग भएको बताएको छ ।

इतिहासकार भन्छन कि च्यांग काइसेकलाई ताइवानबाट समेत नलेखटन सकिने थिएन । तर माओले त्यो कुरामा धेरै चासो दिएनन् । चीनको पुनर्निमाण नै उनको चासो थियो । त्यसैले च्यांग काइसेक र उनका समर्थकहरुलाई खेदेपछि माओले महान छलांगको नारा दिँदै आर्थिक र सामाजिक रुपान्तरण अघि बढाए ।

अहिले ताइवानमा अमेरिकी सभामुख नेन्सी पेलोसीको भ्रमणले स्थिति फेरी सन् १९५० कै वरिपरि पुगेको हो भन्ने परेको छ । चीनले ताइवानको सत्ता आफ्नो हातमा लिने अवस्था सिर्जना भयो भने के होला भनेर तर्सिनपर्ने स्थिति देखिएको हो ।

कमेन्ट गर्नुहोस्